सुनसान सिंहदरवार !

तर्कबहादुर थापा
२८ पुष २०७७ १५:१८

काठमाडौं। पुस चार गतेसम्म सिंहबारको रौनक बेग्लै हुन्थ्यो। राजनीतिक दलका कार्यालय, मन्त्रालयमात्रै होइन, सिंहदरबारभित्रका क्यान्टिन पनि भरिभराउ हुन्थे।

तर मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार यतिबेला सुनसान छ। सिंहरबारमा मन्त्री, कर्मचारी र आवश्यक कामका लागि बाहेका अन्य प्रयोजनका लागि प्रवेश गर्नेको संख्या कम छ। सिंहदरबारको दक्षिण गेटमा भित्र प्रवेश गर्नेको संख्या खासै देखिँदैन। त्यसको कारण हो प्रतिनिधिसभा विघटन हुनु।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस पाँच गते प्रतिनिसभा विघटन गरेसँगै सिंहदरबार प्रवेश गर्नेको संख्यामा कमी आउन थालेको छ। प्रमुख राजनीतिक दलका संसदीय दलको कार्यलय खाली देखिन्छन् भने मन्त्रालयमासमेत भीडभाड देखिँदैन।

काम विशेषले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बाहेक अन्य मन्त्रालयमा मानिसहरुको आउजाउ कम देखिन्छ।
‘प्रतिनिधिसभा विघटनपछि सिंहदबार र विशेष गरी मन्त्रालय आउने पार्टीका कार्यकर्ताको संख्या कम भएको छ,’ कृषि तथा पशुपक्षी मन्त्रालयका एक कर्मचारीले भने, ‘सत्तारुढ दलभित्र पनि विवाद बढेका कारण कार्यकर्ता पनि विभानित बनेका हुन सक्छन्।’

प्रतिनिधिसभा विघटन हुनु, सरकारका अधिकांश मन्त्री राजधानी बाहिर भेला र कार्यक्रममा सहभागी हुन जाँदा सिंहदबार प्रवेश गर्नेको संख्या कम भएको हो।

सिंहदरबारभित्र प्रवेश गर्नेको संख्या कम भएपनि दैनिक दैनिक काम कारवाहीमा भने कुनै प्रभाव परेको देखिँदैन। सिंहदरवारभित्र रहेको मुख्य प्रशासनिक भवनको पुनःनिर्माणको काम धमाधम भइरहेको छ।  सधैंजसो नेता, कर्मचारी तथा पत्रकारले भरिने सिंहबारभित्रका क्यान्टिन समेत सुनसान देखिन्छन्।

प्रतिनिधिसभा विघटन पश्चात प्रचण्ड–नेपाल समूह र ओली समूह गाउँगाउँमा पार्टीका कार्यकर्ता तथा नेतालाई आफ्नो पक्षमा ल्याउन लागिपरेका छन्। प्रतिपक्षीदल नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक भन्दै विरोध गर्दै आएको छ।

प्रचण्ड–नेपाल समूहका शिर्ष नेताहरु निर्वाचन आयोगमा पुगेर निर्वाचनको तयारीमा जुट्न नहुने सल्लाह दिएकै बेलुका गृहमन्त्रालयले निर्वाचनको तयारी थाल्न पत्र नै पठाएको छ।

यसरी, राजनीतिक पार्टीहरु आन्तरिक तथा खुलेरै निर्वाचनको तयारीमा जुटेपछि सिंहदरवारका भेलाहुने स्थानहरु, चियापसल र संसदीय दलका कार्यालयसमेत सुनसान भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *