प्रदेश २ अन्तर्गत प्रदेश स्तरीय क्रिकेटको उपाधि बारालाई

डिसी नेपाल
२८ पुष २०७७ २१:२०

कलैया । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश नं. २ अन्तर्गत प्रदेश स्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बाराले हात पारेको छ । बाराले पर्सालाई १ सय २७ रनको विशाल अन्तरले पराजित गर्दै ट्रफि माथी आफनो कब्जा गरेको छ ।

सिद्धेश्वर क्रिकेट मैदान कलैयामा मंगलबार सम्पन्न फाईनलमा बाराले टस जितेर पहिले ब्याटिंग गर्दै ४९ ओभरमा सम्पुर्ण विकेट गुमाई १ सय ७७ रनको योगफल बनाएको थिए । बाराका लागि तिर्थराज दासले आर्कषक ब्याटिंग गर्दै १ सय २५ बलमा ४ चौक्का र २ छक्काको मद्धतले ७६ रनको योगदान दिएका थिए भने रवि साह ४२ तथा नवि आलमले अविजित १४ रनको योगदान दिएका थिए ।

बलिंग तर्फ पर्साका अल्फाज मंसुरीले ३ तथा समसाद अन्सारी र नसरुदिन अन्सारीले सामान २ विकेट लिए । अन्य बलरमा सैफुल्लाह अन्सारी, हासिम अन्सारी र समसाद मन्सुरीले सामान १ विकेट लिए ।

१ सय ७८ रनको लक्ष्य लिई मैदानमा उत्रेको पर्सा आदिल अन्सारीको घातक बलिंग सामु निरिह हुदै २२ ओभर ५ बलमा सम्पुर्ण विकेट गुमाई ५० रनमै समेटियो । आदिलले ६ ओभर ५ बलमा २ मेडन सहित ९ रनदिई ५ विकेट लिए । यस्तै समिर नेपालले २ तथा भुलावन साहनी र कुमार थापाले समान १ विकेट लिए । कुमार थापाले आफनो ५ ओभरको स्पेलमा ५ वटै मेडन गरे । पर्साका लागि सन्तोष कार्कि १३ र सोनु अन्सारी ११ बाहेक कसैले दोहोरो अंक छुन सकेनन् ।

खेलको म्यान अफ द म्याच बाराका आदिल अंसारी भए । प्रतियोगिता अन्र्तगत बेष्ट बौलर बाराका आदिल अंसारी, बेष्ट ब्याटसम्यान महोतरीका रवि सिंह तथा म्यान अफ द सेरिज सप्तरीका महबुव आलम भएका थिए । बिजेता खेलाडीहरुलाई प्रदेश क्रिकेट संघका अध्यक्ष हिरा भगत, जिल्ला क्रिकेट संघ बाराका अध्यक्ष प्रभात चौरसिया, कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव, पुर्व अन्तराष्ट्रिय खेलाडि पवन अग्रवाल, कलैया क्रिकेट क्लबका अध्यक्ष तसरुदिन मन्सुरी लगायतले ट्रफि तथा प्रमाण पत्र वितरण गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *