सबैसित सहकार्य गर्दै खेलकूदका समस्या समाधान गर्छुः मन्त्री तामाङ

डिसी नेपाल
२८ पुष २०७७ २१:४१
32
Shares

काठमाडौं । युवा तथा खेलकूदमन्त्री दावा तामाङले खेलकूदमा रहेका समस्या सबैसित सहकार्य गर्दै समाधान गर्ने बताएका छन्। राष्ट्रिय खेलकूद परिषद् (राखेप) द्वारा आज त्रिपुरेश्वरस्थित कार्यालयमा मन्त्री तामाङको स्वागत कार्यक्रममा उनले सहकार्य गरेर नै चुनौतीको सामना गर्ने बताए ।

खेलकूदका समस्या सरोकारवालासँग सहकार्य गर्दै समाधान गर्ने उनको भनाइ थियो । समयस्याबारे चाँडै नै सबैसित छलफल गर्ने मन्त्री तामाङले उल्लेख गरे । खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले राम्रो कार्यविधि बनाएर काम गर्नुपर्नेमा जोड दिए ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले मन्त्री तामाङको कार्यकालमा खेलाडीको हकहितका लागि अझ धेरै काम हुने विश्वास व्यक्त गरे । राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले नयाँ ऐनअनुसार कर्मचारी समायोजन गर्नु र लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा गर्नुपर्ने, चालु आर्थिक वर्षमा खेलकूदका लागि विनियोजित बजेट थोरै भएकाले त्यसमा आगामी आवमा वृद्धि गर्नका लागि पहल गरिदिन आग्रह गरे। स्वागत कार्यक्रमपछि मन्त्री तामाङले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको निरीक्षणसमेत गरेका थिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *