प्रधानमन्त्री कप क्रिकेटका लागि प्रदेश नम्बर २ को टोली घोषणा

डिसी नेपाल
२९ पुष २०७७ ११:५१

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश नम्बर २ को टोली छनौट गरिएको छ । प्रदेश नम्बर २ द्वारा भर्खरै सम्पन्न भएको प्रदेश स्तरीय छनौट क्रिकेट प्रतियोगितामा खेलाडीहरुले गरेको प्रदर्शनका आधारमा २४ सदस्यीय टोली घोषणा गरिएको हो ।

सुरज प्रसाद कुर्मिको कप्तानीमा प्रदेश नम्बर २ को टोली छनौट गरिएको हो । उप–कप्तानमा राहुल प्रताप सिंह, हरिशंकर साह, आशिष झा, सुधिर चौधरी, रवि सिंह, अरनिको यादव, राजकुमार साहनी, हिमांसु दत्त, तिर्थराज दास, बिशाल सुश्लिंग, रवि साह, बिवेक यादव, समिर नेपाल, अलफाज मंसुरी, नसरुदिन अंसारी, डब्लु मल्लिक, महवुव आलम, दिव्यान्सु मल्लिक, गुलशन झा, आदिल अंसारी, सैफुल्लाह अंसारी, कुमार थापा, प्रदिप पासवानलाई छनौट गरिएको छ ।

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अगामी माघ २ गतेदेखि काठमाडौँमा हुन लागेको छ । जसमा ३ विभागीय र ७ प्रदेश गरी १० टोली सहभागीता रहने छ । प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुनेछ । प्रदेश २ ले पहिलो खेल माघ ६ गते लुम्बनी प्रदेशसँग त्रिवि क्रिकेट मैदानमा खेल्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *