सूर्योदय र डाफोडिल बास्केटबलको प्रि–क्वाटरफाइनलमा

डिसी नेपाल
२ माघ २०७७ १०:५५
48
Shares

काठमाडाैं । सूर्योदय ‘बी’ र डाफोडिल ‘पीएचसीए खुला एसइई थ्री अन थ्री’ बास्केटबल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन्। बास्केटबलको ब्वाइजतर्फ सूर्योदय समूह ‘एच’ को उपविजेता तथा डाफोडिल सोही समूहको विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका हुन्।

घट्टेकुलोमा बिहीबार भएको खेलमा सूर्योदय ‘बी’ ले विल्सन एकेडेमीलाई ८–६ अङ्कले पराजित गर्यो। डाफोडिलले सूर्योदय ‘बी’ लाई १२–७ अङ्कले तथा विल्सनलाई १६–१० अङ्कले हरायो। ब्वाइजतर्फ नै मिलन ‘ए’, ‘बी’ र ‘डी’, भीएस निकेतन कलेज ‘ए’, रोशन, मनास्लु, क्याम्पियन, विनय पुरी, ग्रामर, टीआइए, टिम रावत र ओमेगा टोली प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

यसैगरी गल्र्सतर्फ सूर्योदय, साइपाल, लिम्पिया, भीएस निकेतन कलेज ‘ए’, बुद्ध प्रकाश र हिमालय क्वाटरफाइनलमा प्रवेश गरेका छन्। उक्त प्रतियोगिताको सूर्योदय फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी र प्रबन्ध निर्देशक सुशील थापाले संयुक्तरूपमा उद्घाटन गरेका थिए।

प्रतियोगितामा ब्वाइजतर्फ ३२ तथा गल्र्सतर्फ १६ टोली सहभागी छन् । ब्वाइजतर्फ पहिलो हुनेले रु २० हजार, दोस्रोले रु १० हजार र तेस्रोले रु पाँच हजार तथा गल्र्सतर्फ पहिलो हुनेले रु १५ हजार, दोस्रो हुनेले रु आठ हजार र तेस्रो हुनेले रु चार हजार पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता शनिबारसम्म चल्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *