क्रिकेटर हार्दिक र क्रुणाल पंड्याका पिताको निधन

डिसी नेपाल
३ माघ २०७७ १०:१८

काठमाडौं। भारतीय क्रिकेटर हार्दिक पंड्या र क्रुणाल पंडयका पिताको निधन भएको छ । क्रुणाल र हार्दिकका पिता हिमांशु पंड्याको हृदयाघातका कारण निधन भएको समाचार एजेन्सी एएनआइले जनाएको छ । यो खबरसँगै सैयद मुस्ताक अली ट्रफीमा बडोदाका कप्तान रहेका क्रुणाल खेल छाडेर घर गएका छन् ।

अस्ट्रेलियाविरुद्धको सिरिजमा एकदिवसीय र टि–२० खेलेका हार्दिक पनि टेस्ट सुरु हुनुअघि भारत फर्किएका थिए । उनी घाइते समेत भएकोले टेस्टका लागि नरोकी घर फर्किएका थिए । अस्ट्रेलियामा रहने क्रममा हार्दिकमाथि कोरोना नियम उल्लंघन गरेको आरोप समेत लागेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *