प्रिन्स पुष्पलाल स्मृती ब्याडमिन्टनको फाइनलमा

डिसी नेपाल
३ माघ २०७७ २३:२६

काठमाडौं। सिल्क ग्रुपका प्रिन्स दाहाल गोलबजारमा जारी योनेक्स सनराईज १० औ पुष्पलाल स्मृती राष्ट्रिय र्यङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । प्रिन्सले राष्ट्रिय बरियतामा एक नम्बरमा रहेका सेनाका रत्नजित तामाङ्गमाथि २१–१४, १५–२१, २१–१ को जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् । प्रिन्सको रत्नमाथिको यो लगातार दोश्रो जित हो ।

लगातार आठ पटकका बिजेता रत्नलाई प्रिन्सलेले पराजित गरेका हुन् । यसअघि पनि प्रिन्सले चौतारामा भएको सर्वाधिक राशिको प्रतियोगितामा पनि पराजित गरेका थिए । अव उनले फाइनलमा उपाधिका लागि एपीएफका दिपेश धामीको सामना गर्नेछन् । धामीले सेनाका प्रफुल महर्जनलाई २१–१२, १८–२१, २१–१२ले पराजित गरे ।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगपालिका, सिराहाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला १२ बरियताको स्पर्धामा जेशिका गुरुङ्ग फाइनल प्रवेश गरिन् । एपीएफकी जेशिकाले भोजपुरकी पूर्व राष्ट्रिय च्याम्पियन तथा नम्बर एक खेलाडी नङ्गशल देवी तामाङ्गलाई २१–१३, २१–१५ ले पराजित गर्दै फाइनलमा हालकी राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनको सामना गर्ने भएकी छिन् । रशिलाले सेनाकै अमिता गिरीमाथि २१–६, १८–२१, २११२ को जित निकालिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *