पिएम कपमा आज दुई खेल हुदै

डिसी नेपाल
४ माघ २०७७ १०:३३

काठमाडौं । किर्तिपुरको टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा जारी प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेलहरु भईरहेका छन । टियु मैदानमा बिभागिय टोली नेपाल पुलिस क्लब र वाग्मती प्रदेशबीच जारी रहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले यो समाचार तयार पार्दासम्म १६.५ ओभरमा २ विकेट गुमाएर ६६ रन बनाएको छ । पुलिस क्लबका ओपनर कुशल भुर्तेलले (१७) र दिपेन्द्र सिंह ऐरि (११) रन बनाएर खेलिरहेका छन । पुलिसका अर्का ओपनर सुनिल धमला (१७) र तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अमित श्रेक्ष्ठ (६) रन बनाएर आउट भएका छन । वाग्मती प्रदेशका लागि रामनरेश गिरिले दुबै विकेट लिएका छन ।

उता मुलपानी क्रिकेट मैदानमा बिभागिय टोली नेपाल आर्मी र गण्डकी प्रदेशबीचको खेल जारी रहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले यो समाचार तयार पार्दा सम्म १८.४ ओभरमा ३ विकेट गुमाएर ७० रन बनाएको छ । आर्मीका अनिल मण्डल (२८) र कप्तान बिनोद भण्डारी (१९) रन बनाएर खेलिरहेका छन । यसअघि आर्मीका ओपनर राजु रिजाल शुन्य रनमा आउटा हुदा रोहित पौडेल (११) र हरि चौहान (७) रन बनाएर आउट भएका छन । गण्डकी प्रदशेका दिनेश अधिकारी, अनुज चुनारा र राज शाहले समान १–१ विकेट लिएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *