पिएम कप क्रिकेट : वाग्मतीको उत्कृष्ट बलिङ सामु बिभागिय टोली नेपाल पुलिस क्लब १११ रनमै खुम्चियो

डिसी नेपाल
४ माघ २०७७ १२:०७

काठमाडौं । टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेल खेलेको बिभागिय टोली नेपाल पुलिस क्लब १११ रनमै रोकिएको छ । वाग्मती प्रदेश बिरुद्वको खेलमा राष्ट्रिय खेलाडीहरुले भरिएको टोली पुलिस क्लबले सोचेअनुरुपको प्रदर्शन गर्न सकेन । टस हारेर ब्याटिङ गरेको पुलिस क्लबका लागि राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द सिंह ऐरि र आरिफ शेखले समान २१–२१ रन बनाउदा ओपनरदय सुनील धमला र कुशल भुर्तेलले समान १७–१७ रन बनाए । पुसिका अन्य खेलाडीहरुले ब्याटिङमा दोहरो अंक छुन सकेनन ।

यसअघि टस जितेर पहिले बलिङ गरेको वाग्मती प्रदशेका लागि तिलक भण्डारीले ७ ओभर ३ बलमा १ मेडन सहित १७ रन दिएर चार विकेट लिदा नन्दन यादवले पनि ४ विकेट लिए । यादवले ९ ओभर बलिङ गर्दे ३१ रन खर्चेका थिए । त्यस्तै राम नरेश गिरीले ९ ओभरमा १ मेडन सहित ३० रन दिएर २ विकेट लिए । टस हारेर ब्याटिङ गरेको पुलिस क्लब निर्धारित ५० ओभरको खेलमा २९ ओभर ३ बलसम्म मात्र क्रिजमा टिक्न सक्यो । एक सय १२ रनको लक्ष्य पाएको वाग्मती टोलीले अब केही बेरमा ब्याटिङ गर्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *