पिएम कप क्रिकेट : आर्मीद्वारा कर्णाली प्रदशेलाई मध्यम लक्ष्य

डिसी नेपाल
४ माघ २०७७ १२:३८

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मुलपानी क्रिकेट मैदानमा भई रहेको खेलमा बिभागिय टोली नेपाल आर्मीले गण्डकी प्रदेश सामु मध्यम लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ आर्मीले निर्धारित ५० ओभरको खेलमा ४३ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १९५ रन बनायो । आर्मीका लागि ओपनर अनिल मण्डलले सर्वाधिक ८९ रन बनाए । सो क्रममा उनले ११४ बलको सामना गर्दै १४ चौंका प्रहार गरे । आर्मीका अन्य खेलाडीहरुमा कप्तान बिनोद भण्डारी (४१), राजेश पुलामी मगर (१६), लोकश बम (१३), रोहित पौडेल (११) रन बनाए ।

बलिङमा गण्डकी प्रदशेका लागि दिनेश अधिकारी, राज शाह र दिवान पुनले समान २–२ विकेट लिदा अनुज चुनारा, युनिश सिंह र रविन्द्र शाहिले समान १–१ विकेट लिए । एक सय ९६ रनको लक्ष्य पाएको गण्डकी प्रदेशले केही बेरमा ब्याटिङ गर्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *