पीएम कप क्रिकेटः बागमती र आर्मीको जित

डिसी नेपाल
४ माघ २०७७ १७:२९

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै बागमतीले सुखद सुरुवात गरेको हो ।

पुलिसले दिएको १ सय १२ रनको सामान्य लक्ष्य बागमतीले ३४ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । बागमतीको जितमा पृथु बास्कोटाले अविजित रहदै ४८ रन बनाए । इशान पाण्डे र पारस खड्काले समान १७ रन बनाए । पुलिसका दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १÷१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पुलिसले २९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो । पुलिसका लागि ओपनरद्वय सुनिल धमला र कुशल भूर्तेलले समान १७ रन बनाए । दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान २१ बनाउँदा अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । बागमतीका नन्दन यादव र तिलक भण्डारीले समान ४ विकेट लिए भने रामनरेश गिरीले २ विकेट लिए ।

यस्तै मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा त्रिभूवन आर्मीले जित निकालेको छ । आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *