बच्चालाई झाडीमा फाल्न खोजपछि आमा प्रहरी नियन्त्रणमा, बच्चाको उद्धार
सांकेतिक तस्बिर
काठमाडौं। बच्चा जन्माएर झाडीमा फ्याक्न खोज्ने आमा र बच्चा दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी महाराजगन्जले नवजात शिुशलाई फाल्न खोज्ने आमा र शिशु दुवैलाई नियन्त्रणमा लिएर कान्तिबाल अस्पतालमा पठाएको हो।
बुधबार राति साढे १२ बजेतिर काठमाडौं महानगरपालिका–६ पवित्रनगरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
महाराजगन्ज वृत्तका प्रमुख डिएसपी रोशन खड्का अनुसार गोरखा गण्डकी गाउँपालिका–४ घर भई पवित्रनगर बस्ने आमा सुनीता परियारले महिना पुगी जन्मिएको छोरीलाई झाडीमा फाल्न खोज्दा प्रहरीको टोलीले फेला पारेर नियन्त्रणमा लिई अस्पतालमा पठाएको हो।
उनीहरुलाई सुनीताकै आमा दिल माया परीयारको रेखदेखमा उपचार भइरहेको र दुवै जनाको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरुको उपचारपछि बच्चालाई किन फ्याक्न खोजेको भन्नेबारेमा अनुसन्धान गरिने डिएसपी खड्काले जनाएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment