राष्ट्रिय महिला लिगको पहिलोे खेलमा आर्मी र पुलिसको बराबरी

डिसी नेपाल
७ माघ २०७७ १६:४३

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको उद्घाटन खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको उद्घाटन खेलमा आर्मी र पुलिसले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । विभागीय डर्बीमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।

खेलमा पुलिसकी डिफेन्डर पुजा राना प्लेयर अफ दि म्याच बनिन् । पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा सुरु भएको महिला लिगमा ७ टोलीको सहभागीता रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *