पीएम कप क्रिकेटः आर्मीको लगातार तेस्रो जित

डिसी नेपाल
७ माघ २०७७ १६:५१

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार प्रदेश–१ लाई ४ विकेटले पराजित गरेकाे हो ।

प्रदेश–१ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । आर्मीको जितमा रोहित पौडेलले सर्वाधिक ३६ रन बनाए । यस्तै भिम सार्कीले २९ रन जोड्दा राजेश पुलामीले अविजित २४ रन बनाए भने लोकेश बमले १३ रन बनाए । प्रदेश–१ का फिर्दोस अन्सारी,ज्ञानेन्द्र श्रेष्ठ,दिपेश कँडेल र शुभंकर उराले समान १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ४० ओभर १ बलमा अलआउट हुँदै १ सय ३१ रन बनाएको थियो । प्रदेश–१ का विवेक मेहेताले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै फिर्दोस अन्सारीले ३२ रन जोड्दा दिपक पासवानले १९ रन जोडे । दिपेश कँडेलले ११ रनमा आउट भए । आर्मीका शाहब आलमले ४ विकेट लिए । आकाश चन्दको नाममा ३ विकेट रह्यो ।

जितसंगै आर्मी सेमिफाइनल नजिक पुगेको छ । समूह ए को आर्मीले ३ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको आर्मीले अब एक खेल खेल्न बाँकी रहेको छ ।

प्रदेश–१ को भने यो लगातार तेस्रो हार हो । प्रदेश–१ तीन खेलमा अंक विहीन रहेर पुछारमा रहेको छ । यस हारसंगै प्रदेश–१ प्रतियोगिताबाट बाहिरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *