वेष्ट ईण्डिजविरुद्ध बंगलादेशको सहज जित, शाकिबको शानदार पुनरागमन
काठमाडौं । वेष्ट ईण्डिजविरुद्धको पहिलो एक दिवसीय खेलमा बंगलादेशले सहज जित निकालेको छ । शेरे बंगला नेशनल स्टेडियम ढाकामा भएको खेलमा बंगलादेशले वेष्ट ईण्डिजलाई ६ विकेटले पराजित गरेको हो ।
ईण्डिजले दिएको १२३ रनको झिनो लक्ष्य घरेलुटोलीले ३३.५ओभरमा ४ विकेट गुमाएर पुरा ग¥यो । बंगलादेशका कप्तान तमिम इकबालले ४४ रन बनाए । यस्तै शाकिब अल हसन र मुशफिकुर रहिमले समान १९ रन बनाउँदा लिटन दासले १४ रन बनाए । वेष्ट ईण्डिजका अकिल होसेनले ३ विकेट लिए भने जेसन मोहमदले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट ईण्डिज शाकिब अल हसनको घातक बलिङमा धरासायी भएको थियो । ईण्डिजले ३२.२ ओभरमा सबै विकेट गुमाएर मात्र १२२ रन बनाएको थियो । त्यसका लागि काइल मेयर्सले सर्वाधिक ४० रन बनाए । यस्तै रोभमन पावेलले २८ रन बनाए । बंगलादेशका शाकिब अल हसनले सानदार बलिङ गर्दै ४ विकेट लिए । यस्तै हसन महमुदले ३ तथा मुस्ताफिजुर रहमानले २ विकेट लिए ।
शाकिबले ७.२ ओभरमा २ मेडन सहित ८ रन खर्चेर ४ विकेट लिए । यो उनको अन्तर्राष्ट्रिय खेलमा पूनरागमन खेल हो । उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आर्इसिसी)ले गतवर्ष सट्टेबाजको प्रस्तावबारे जानकारी नदिएर भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको आरोपमा एक वर्षको प्रतिबन्ध लगाएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment