फुटबलमा प्रदेशस्तरीय प्रशिक्षणका लागि सम्झौता

डिसी नेपाल
७ माघ २०७७ १८:३०

काठमाडौं । वाग्मती प्रदेश खेलकूद विकास परिषद् तथा नेपाल फुटबल सङ्घ ९एन्फा०बीच आज प्रशिक्षणका विषयमा एक सम्झौता गरिएको छ । प्रदेशस्तरीय रेफ्री प्रशिक्षणका लागि प्रदेश खेलकूद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी तथा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच सम्झौता गरिएको हो ।

प्रदेश सरकारले १३ जिल्लामा हुने सम्पूर्ण खेलकूद गतिविधिलाई प्रशिक्षक र रेफ्री सहज वातावरणमा उपलब्ध गराउने उक्त सम्झौताले सहयोग पुग्ने परिषद्का सदस्य सचिव भण्डारीले जानकारी दिए । प्रदेशमा हुने सबै खेलकूदका गतिविधिमा सङ्घको पनि संलग्नता हुने गरी सम्झौता गरिएको उहाँले बताए । एन्फाले फुटबल प्रशिक्षक कोर्ष गराउने तथा परिषद्ले क्रिकेटको क्यानसँग र बक्सिङ सङ्घसँग मिलेर प्रदेशस्तरीय प्रशिक्षणको तयारी गर्ने पनि भण्डारीले जनाए ।

प्रदेशमा फुटबल प्रशिक्षक आवश्यक सङ्ख्यामा रहे पनि क्रिकेट र बक्सिङका लागि सहजरुपमा प्रशिक्षक तथा रेफ्री उपलब्ध नभएको बताइएको छ । प्रदेशस्तरीय फुटबल, क्रिकेट तथा बक्सिङका लागि प्रशिक्षक र रेफ्री कोर्ष गराउने कार्यक्रमअन्तर्गत फुटबल खेलका लागि एन्फासँग सम्झौता गरिएको सम्झौतापत्रमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *