मालिंगाले लिए फ्रेन्चाइजी क्रिकेटबाट सन्यास

डिसी नेपाल
७ माघ २०७७ २२:३५

काठमाडौं । श्रीलंकका फास्ट बलर लसिथ मालिंगाले फ्रेन्चाइजी क्रिकेटबाट सन्यास लिएका छन् । ३७ वर्षिया मालिंगाले फ्रेन्चाइजी क्रिकेटबाट सन्यास लिएको आईपीएल टोली मुम्बई ईण्डियन्सले जनाएको छ ।

मुम्बईले उनलाई बुधबार रिलिज गरेको थियो । उनले स्वयं आफ्नो नाम फिर्ता लिएको मुम्बईले बताएको छ । मालिंगा ईण्डियन प्रिमियर लिग आईपीएलमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनी सन २००९ देखि मुम्बई ईण्डियन्समा आबद्ध थिए । आईपीएल बाहेक उनले अन्य देशका लिगहरु पनि खेल्ने गर्थे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *