भारतले उपलब्ध गराएको काेराेना विरूद्धकाे खोप नेपाल आइपुग्यो

डिसी नेपाल
८ माघ २०७७ १२:३६
208
Shares

काठमाडौं। नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ।

उक्त खोपसहितको एयर इण्डियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। भारत सरकारले अनुदानमा उपलब्ध गराएको सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ। पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ।

पहिलो चरणमा आएको खोप न्यायपूर्णरूपमा वितरण हुने भन्दै खोप पहिले कसलाई दिने भनेर प्राथमिकता निर्धारण गरिसकेकाले समस्या नहुने मन्त्रालयले जनाएको छ। प्राथमिकताअनुसार खोप वितरण हुने मन्त्रालयले जनाएको छ। यसअघि औषधि व्यवस्था विभागले नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *