संसद् पुनःबहाली हुन्छ : अध्यक्ष नेपाल

डिसी नेपाल
८ माघ २०७७ २३:४०

कर्णाली। नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले संसद् पुनःबहाली हुने विश्वास व्यक्त गरेका छन्। सो समूहले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बिहीबार आयोजना गरेको विरोध–सभामा उनले संविधानको धारा उल्लेख नगरेर प्रतिनिधिसभा भङ्ग गरिएको तर्क गरे।

“संसद् विघटन अलोकतान्त्रिक छ जसको सर्वत्र विरोध हुँदै आएको छ”, उनले भने, “यो पुनःबहाली हुन्छ ।” पार्टीमा नेतृत्व नभई नीति प्रधान हुने पूर्वमहासचिव पुष्पलालको भनाइलाई उदृत गर्दै नेता नेपालले पार्टीको निर्णय स्वीकार गर्न नसक्ने व्यक्ति पार्टीको साधारण सदस्य रहन नसक्ने बताए।

नेकपाका नेता जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतले संसद् विघटनबाट नागरिकको सपनामा गम्भीर प्रहार भएको बताए। उनीहरुले सबै एकताबद्ध भएर विघटनको विरोधमा लाग्नुपर्नेमा जोड दिए। नेकपाका अर्का नेता प्रकाश ज्वालाले पार्टीलाई विभाजनको मुखसम्म पुर्याइएको आरोप लगाए। नेकपा नेता कालीबहादुर मल्ल, महिला नेत्रीहरु बिमला केसी तथा सीताकुमारी नेपालीले संविधान विघटनको विरोध गरे। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *