सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित

डिसी नेपाल
१० माघ २०७७ ८:०१

काठमाडौँ । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ। अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिएका थिए। टस जितेर ब्याटिङ गरेको पर्थले २० ओभरमा आठ विकेट गुमाएर १७९ रन बनायो। होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो।

होबार्टका लागि लामिछानेले चार ओभरमा २७ रन खर्चिएका थिए। उनले यसक्रममा एक छक्का र एक चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए। लामिछानेले पर्थका ब्याट्सम्यान लियाम लिभिङस्टोनलाई २६ रनमा तथा मिचेल मार्सलाई सात रनमा पेभेलियन फर्काए।

यसअघिका दुई खेलमा उनी लगातार विकेटविहीन बनेका थिए। उनले बिग बासमा हालसम्म छ खेलमा छ विकेट लिएका हुन्। लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २३ अङ्क जोड्दै लिगको छैटौँ स्थानमा छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *