श्रीलंका विरुद्वको दोस्रो टेस्टमा रुटको सतक

डिसी नेपाल
११ माघ २०७७ १४:४६
68
Shares

काठमाडौं । ईङल्यान्ड र श्रीलंकाबीच गालमा जारी दोस्रो तथा अन्तिम टेस्टमा पाहुना टोली बलियो स्थितीमा पुगेको छ । शानदार फममा रहेका ईङल्यान्डका कप्तान जो रुटले दोस्रो टेस्टको पहिलो पारीमा सतक प्रहार गरेका छन । रुटले पहिलो टेस्टमा उत्कृष्ट ब्याटिङ गर्दै दोहरो सतक प्रहार गरेका थिए । रुटको सतकको मद्दतमा ईङल्यान्डले आफ्नो स्कोर बोर्डमा २०० रन पुरा गरेको छ । रुटको यो ९९ औं टेस्ट खेल हो । उनी टेस्ट क्रिकेटको आफ्नो ब्यक्तिगत ९९ औ खेलमा अर्धसतक प्रहार गर्ने १२ औं खेलाडी बनेका छन । रुट भन्दा अगाडी टेस्ट क्रिकेटको ९९ औं खेलमा ईङल्यान्डका कुनैपनि खेलाडीले सतक बनाएका छैनन ।

टेस्ट क्रिकेटको ९९ औं खेलमा सतक बनाउने खेलाडीहरुमा ब्रयान लारा, सचिन तेन्दुलकर जस्ता दिग्गज खेलाडीहरुको नाम रहेको छ । टेस्ट क्रिकेटको ९९ औं खेलमा सर्वाधिक स्कोर गर्ने रेकर्ड सौरभ गांगुलीको नाममा छ, उनले २३९ पारी खेलेका छन । यो क्लबमा सुनिल गावस्कर दोस्रो स्थानमा रहेका छन्। इङल्यान्डका तर्फबाट ९९ औं खेलमा ६२ रनको सर्वाधिक स्कोर केभिन पीटरसनको नाममा रहेको छ, जो रुट भन्दा पछि परेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *