बिमलाको ह्याट्रिकमा आर्मी विजयी
काठमाडौं । महिला राष्ट्रिय फुटबल लिगमा बिभागिय टोली त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकालाई ७–० ले पराजित गरेका छ । आर्मीका लागि बिमला चौधरीले ह्याट्रिक गरिन । एन्फा कम्प्लेक्स सातदोबाटोमा आईतवार भएको खेलमा आर्मीकी बिमलाले खेलको १५ र्औ मिनेटमा गोल गर्दै टोलीका लागि खाता खोलिन । लगतै आर्मीकी दिपा राईले खेलको २८ औं मिनेटमा गोल गर्दै गोलको अग्रता २–० बनाईन । पहिलो हाफ अघि शर्मिला थापाले आर्मीको लागि अर्को गोल गर्दा टोलीले ३–० अग्रता लियो ।
दोस्रो हाफमा पनि आर्मीले बिपक्षी माथि दबाब कायमै राख्यो । टोलीका लागि बिमलाले खेलको ६६ औं र ७५ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गर्दा आर्मीले खेलमा ५–० को अग्रता बनायो । बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी हेमा चौधरी र भुजंङा राईले क्रमश खेलको ८९ र ९२ मा गोल गर्दा वालिङ आर्मीसँग ७–० गोल अन्तरले पराजित भयो ।
तस्वीर : एन्फा
Facebook Comment