राष्ट्रिय महिला फुटबल : सावित्राको चार गोलको मद्दतमा एपिएफ विजयी

डिसी नेपाल
१२ माघ २०७७ ७:४३

काठमाडाैं । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा सावित्रा भण्डारीको चार गोलको मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ।

एफिएफ क्लबले विराटनगर महानगरपालिकालाई ७–० गोलअन्तरले पराजित गरेको हो। एपिएफ क्लबको यो लगातार दोस्रो जित हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले मध्यान्तरअघि नै ४–० गोलको अग्रता बनाएको थियो।

मध्यान्तरपछिको खेलमा एपिएफले थप तीन गोल गर्यो । खेलको नवौँ मिनेटमा एपिएफकी अनिता केसीले पहिलो गोल गरेकी थिइन्। खेलको २५ औँ मिनेटमा सावित्रा भण्डारीले आफ्नो व्यक्तिगत पहिलो गोल गरिन्।

खेलको ४२ औँ मिनेटमा भण्डारीले नै व्यक्तिगत दोस्रो, खेलको ७४ औँ मिनेटमा भण्डारीले व्यक्तिगत तेस्रो तथा खेलको ८९ औँ मिनेटमा व्यक्तिगत चौथो गोल गरेकी थिइन् । यस्तै अनिता केसीले खेलको ३५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन्।

यसैगरी एपिएफकी सरु लिम्बुले खेलको ७२ औँ मिनेटमा गोल गरिन्। खेलको प्लेयर अफ दी म्याच सरु लिम्बु घोषित भइन्। एपिएफले पहिलो खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० गोलअन्तरले हराएको थियो।

विराटनगरले भने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिकासँग एक एक गोलको बराबरी खेलेको थियो। महिला लिग फुटबलअन्तर्गत आज उदयपुरको चौदण्डीगढी नगरपालिका तथा रौतहटको चन्द्रपुर नगरपालिकाबीच हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *