मन्डेकाजी र आयशा सम्मानित

डिसी नेपाल
१२ माघ २०७७ १०:०५

काठमाडौं । दक्षिण एसियाली खेलकुदको १३ औं संस्करणका दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य आइतबार सम्मानित भएका छन् । शान्ति फाउन्डेसन नेपालले दुवैलाई सानेपामा आयोजित एक कार्यक्रमबीच सम्मान गरेको हो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

मन्डेले एकल र टिम कातामा स्वर्ण जितेका थिए । आयशाले एकल र पेयर पुम्सेमा पहिलो स्थान हात पारेकी थिइन् । मन्डे नेपाल खेलकुद पत्रकार मञ्चले वर्षेनी आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत वर्ष २०७६ का उत्कृष्ट पुरुष खेलाडी अवार्ड विजेता पनि हुन् । आयशाले पनि सोही अवार्डअन्तर्गत स्पेसल अवार्ड जितेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *