पीएम कप प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदै

डिसी नेपाल
१२ माघ २०७७ १०:३७

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज (सोमवार) समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । समहू ए मा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल हुदैछ भने समूह बी मा रहेका नेपाल पुलिस क्लब र प्रदेश २ बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुदैछ ।

टीयू अन्तर्राष्ट्रिय मैदानमा भईरहेको खेलमा आर्मीले टस जितेर एपीएफलाई ब्याटिङ गर्ने निम्तो दिएको छ । उता मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपाल पुलिस क्लबले टस जितेर प्रदेश २ लाई ब्याटिङ गर्ने निम्तो दिएको छ । समूह ए बाट एपीएफ र आर्मी यसअघि नै लगातार तीन खेल जित्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । यी दुई बीचका खेल समूह विजेता बन्नको लागि निर्णायक हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *