ब्राजीलमा विमान दुर्घटना हुदा फुटबल क्लबका अध्यक्ष सहित चार खेलाडीको मृत्यु

डिसी नेपाल
१२ माघ २०७७ ११:२६

काठमाडौं । ब्राजीलमा एक स्थानीय प्रतियोगितामा सहभागिता जनाउन चार्टर गरिएको विमान दुर्घटना भएको छ । दुर्घटना हुदा विमानमा सवार पलमास फुटबल क्लबका अध्यक्ष लुकास मैरा सहित अन्य चार खेलाडीहरुको मृत्यु भएको छ । दुर्घटनामा विमान पाईलट सहित सवार सबैको मत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । विमानमा फुटबल खेलाडीहरु लुकास प्रक्सेडेस, गुलहेर्मी नोई, रानुले र मार्कस मोलिनारी रहेका थिए ।

क्लबका अनुसार विमानले उत्तरी शहर पलमास नजिकै टोकेन्टिनेस एयरफील्डबाट उडान भरेको थियो । टेक अफ लगत्तै विमान हवामा घुम्दै जमीनमा खसेको थियो । ब्राजीलमा घरेलु फुटबल प्रतियोगिता कोपा वेर्दे आयोजना भईरहेको छ । पलमास टोलीले यही प्रतियोगिता अन्तर्गत सोमवार विला नोवा विरुद्व खेल्नुपर्ने तालिका तय भएको थियो । खेल हुने स्थान दुर्घटना स्थलबाट करिब ८०० किलोमिटर टाढा रहेको छ । ५ बर्षअघि सिरी ए को खेलको समयमा पनि एक विमान दुर्घटना भएको थियो । उक्त दुर्घटनामा फुटबल टोलीका कोचिङ स्टाफ सहित १९ खेलाडीहरुले ज्यान गुमाएका थिए । यसअघि सन २०१४ मा एक विमान दुर्घटनामा ब्राजीलका स्टा्रईकर फर्नांडोको निधन भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *