हरिशंकरको अर्धसतकमा पुलिस क्लबलाई १७० रनको लक्ष्य

डिसी नेपाल
१२ माघ २०७७ १३:१९

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत जारी खेलमा प्रदेश २ ले विभागिय टोली नेपाल पुलिस क्लबलाई १७० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ५० ओभरको खेलमा ४७ ओभर खेल्दै सबै विकेट गुमाएर १६९ रन बनायो । प्रदेश २ का लागि ओपनर हरिशंकर साहले अर्धसतक बनाए । ८४ बलको सामना गरेका साहले ५ चौंका र एक छक्को मद्दतले सर्वाधिक ५३ रन बनाए । प्रदेश २ का अन्य खेलाडीहरुमा ओपनर हिमान्शु दत्त (१६), आदिल अंसारी (१५), कप्तान सुरज कुर्मीले (१३) रन बनाउदा रवि सिंह र बिशाल सुस्लिङले समान १२–१२ रन बनाए ।

बलिङमा पुलिस क्लबका ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए । आठ ओभर बलिङ गरेका ललितले एक मेडन सहित ३७ रन खर्चे । पुलिसका अन्य खेलाडीहरुमा सागर ढकालले २ विकेट लिदा पवन सर्राफले १ विकेट लिए । एक सय ७० रनको लक्ष्य पाएको पुलिस क्लबले अहिले ब्याटिङ गर्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *