नेपालले कतारमा टी२० खेल्ने

डिसी नेपाल
१३ माघ २०७७ १८:५०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारमा आयोजना हुने द्विपक्षीय टी–ट्वान्टी सिरिजमा सहभागिता जनाउने भएको छन् । नेपाल क्रिकेट संघ क्यानको मंगलबार बसेको बोर्ड बैठकले उक्त टी–ट्वान्टी सिरिजमा सहभागिता जनाउने निर्णय गरेको हो ।

कतार क्रिकेट एसोसिएसनले आयोजना गर्ने सिरिज फेब्रुवरी ९ देखि १२ सम्म हुनेछ । सिरिज कतार स्पोर्ट्स डे को अवसरमा हुन लागेको हो ।

यस सिरिज मुख्य प्रशिक्षक डेभ वाटमोरको पहिलो प्रतियोगिता हुनेछ । यस्तै क्यानले फेब्रुवरी १ बाट राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्ने जनाएको छ ।

यसैगरी क्यानले जारी पीएमकप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको पूरस्कार पनि घोषणा गरेको छ । प्रतियोगिताको विजेताले १० तथा उपविजेताले ५ लाख रकम प्राप्त गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *