पिएम कपको पहिलो सेमिफाईनलमा एपीएफद्वारा पुलिसलाई २०४ रनको लक्ष्य

डिसी नेपाल
१४ माघ २०७७ १२:३८

काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा विभागिय टोली एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २०४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको एपीएफको सुरुवात राम्रो हुन सकेन । टोलीका ओपनर आसिफ शेख १ रनमै आउट हुदा अर्का ओपनर सुबाष खकुरेल १९ रनमा आउट भए । एपीएफका कप्तान शरद् भेषवाकरको प्रदर्शन आज पनि खासै राम्रो रहेन । उनी टोलीको स्कोर ३१ रन हुँदा १८ रनको ब्यक्तिगत स्कोरमा आउट भए । चौंथो नम्बरमा ब्याटिङ गर्न आएका शंकर राणाले टोलीको स्कोरलाई माथि उकास्ने प्रयास गर्दै ४४ रन बनाए । ९६ बलको सामना गरेका राणा अर्धसतकको नजिक पुगेर आउट भए । पाचौं नम्बरमा ब्याटिङ गर्न आएका युवा खेलाडी सुमित मर्हजनले पनि १ रनको ब्यक्तिगत स्कोरमा आउट भए । छैठौं नम्बरमा आएका सन्दीप जोराले केही आश लाग्दो प्रदर्शन गरेपनि ३४ रनको ब्यक्तिगत स्कोरमा बोल्ड हुन पुगे । अमर सिंह रौटेला ४ रनमा आउट हुदा १३ बलमा १९ रन बनाएर कमल सिंह ऐरि पनि आउट भए । सातौं नम्बरमा ब्याटिङ गर्न आएका भुवन कार्कीले क्रिजमा डटदै १ चौंका र २ छक्काको मद्दतमा ४२ रन बनाएर आउट हुदा एपीएफको ईनिङ लगभग लगभग सकियो । ईनिङको अन्त्यमा अबिनाश बोहोरा र सुर्य तामाङले क्रमश ११ र १ रन बनाउदा एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन बनायो ।

बलिङमा पुलिस क्लबका लागि आरिफ शेखले ३ विकेट लिदा ललित राजबंशी र दिपेन्द्र सिंह ऐरिले समान २–२ विकेट लिए । सागर ढकाल र रशिद खानको नाममा समान १–१ विकेट रहयो । दुई सय चार रनको लक्ष्य पाएको पुलिस क्लबले केही बेरमा ब्याटिङ गर्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *