महिला लिगः विराटनगरको पहिलो जित, कुसुमको ह्याट्रिक

डिसी नेपाल
१४ माघ २०७७ १७:००

काठमाडौं । मोरङको विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ५–० गोल अन्तरले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगरलाई जित दिलाउन कुसुम खड्काले ह्याट्रिक गरिन् । यस्तै अनु राई र सरिता शेर्पाले एक एक गोल गरिन् ।

कुसुमले खेलको १२ औं मिनेटमा गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन् । कुसुमले काउन्टर अट्याकमा गोलरक्षक युनिशा राईसँगको वान भर्सेस वानको स्थितिमा गोल गरिन् ।

खेलको ३२ औं मिनेटमा विराटनगरले अग्रता दोब्बर बनायो । मिडफिल्डर अनुले चन्द्रपुरकी गोलरक्षक युनिशा अगाढी बढेको फाइदा उठाउदै चिप गोल गरिन् ।

दोस्रो हाफमा विराटनगरले थप तीन गोल गर्यो । खेलको ६३ औं मिनेटमा डिफेन्डर सरिताले गोल गर्दा विराटनगर ३(० ले अघि रह्यो । उनले डिबक्स बाहिरबाट दोस्रो बारमा आकर्षक गोल गरिन् ।

खेलको ७४ औं मिनेटमा कुसुमले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई ४-० को अग्रता दिलाईन् । चन्द्रपुरको गोलरक्षक र डिफेन्डरबीचको तालमेल नमिल्दा उनले गोल गरेकी थिइन् ।

त्यसपछि खेलको ७५ औं मिनेटमा कुसुमले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दै विराटनगरलाई ५-० को जित दिलाईन् । उनले काउन्टरमा गोल गरेकी थिइन् । जितसंगै विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *