एसियाली सुटिङमा ११ नेपाली खेलाडी

डिसी नेपाल
१४ माघ २०७७ १८:१६

काठमाडौं । एसियाली सुटिङ महासंघ तथा कुवेत सुटिङ संघको आयोजनामा प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालबाट ११ खेलाडीले सहभागिता जनाउने नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् । त्यसमा ६ पुरुष र ५ महिला खेलाडी छन् ।

व्यक्तिगततर्फ १० मिटर एयर राइफल र एयर पेस्तोलमा प्रतिस्पर्धा हुने छ । एयर राइफलको पुरुषमा कुमार कार्की, अर्नव घिमिरे र हरिबहादुर थापा तथा महिलामा कल्पना परियार, मीरा बन्जारा र सुस्मिता नेपालले प्रतिस्पर्धा गर्ने छन् । एयर पेस्तोलको पुरुषमा विपेश खड्का, सुखदेव चौधरी र बद्रुउद्दिन अन्सारी तथा महिलामा कृष्णा थापा र सरिता बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सबै खेलाडीले २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिस्पर्धा गरेका थिए । दुईदिने प्रतियोगितामा २२ राष्ट्रको सहभागिता निश्चित भइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । नेपाली खेलाडीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा प्रतिस्पर्धा गर्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *