टी–१० लिग आजबाट, पहिलो खेलमा सोमपालले खेल्ने सम्भावना

डिसी नेपाल
१५ माघ २०७७ १७:२५

काठमाडौं । युएईमा आयोजना हुने टी–१० क्रिकेट लिग आजबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन ३ खेलहरु हुँदैछ ।

पहिलो खेलमा मरठा अरेबियन्स र नर्थन वारिवर्सबीच प्रतिस्पर्धा हुँदैछ । अरेबियन्सबाट यस सिजन नेपालका सोमपाल कामीले खेल्दैछन् । सोमपालले प्लेईङ सेटमा खेल्ने सम्भावना रहेको छ ।

मराठामा सोमपालको बलियो सम्भावना छ । सोमपालको टोलीमा तीव्र गतिका बलरमा विश्वचर्चित खेलाडीको कमी हुँदा उनले खेल्ने सम्भावना छ । मराठाले तीव्र गतिका बलरमा सोमपाल र बंगलादेशका तस्किन अहमदलाई मौका दिने सम्भावना रहेको छ ।

यस्तै दोस्रो खेलमा डेकन ग्लाडीयटर्सले पुने डेभिल्ससँग खेल्नेछ । पुनेबाट यस सिजन नेपालका करण केसीले खेल्दै छन् । तेस्रो खेलमा बंगला टाइगर्स र दिल्ली बुल्सबीच प्रतिस्पर्धा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *