टी१० लिगः मराठाको विजयी सुरुवात

डिसी नेपाल
१५ माघ २०७७ १९:४७

काठमाडौं । युएईमा सुरु भएको टी–१० क्रिकेट लिग पहिलो खेलमा मराठा अरेबियन्सले विजयी सुरुवात गरेको छ । बिहिबार अबुधाबीको शेख जायद स्टेडियममा भएको उद्घाटन खेलमा मराठाले नर्दन वारियर्सलाई ५ विकेटले पराजित ग¥यो ।

वारियर्सले दिएको १२९ रनको लक्ष्य पछ्याएको मराठाले १० ओभरमा ५ विकेट गुमाएर १३१ रन बनायो । मराठाका लागि अब्दुल सकुरले २८ बलम ७ चौका र ५ छक्का प्रहार गरी ७४ रन बनाए । यस्तै मोहम्मद हफिजले १९ रन बनाए । वारियर्सका फेवियन अलेनले २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गर्दै निर्धारित १० अ‍ोभरमा २ विकेट गुमाएर १२७ रन बनाएको थियो । त्यसका लागि लेण्डल सिमन्सले ३१ बलमा ७ चौका र एक छक्कासहित सर्वाधिक ५४ रन बनाए । यस्तै ब्राण्डन किंगले २९ रन बनाउँदा रोभमन पावेलले ७ बलमा २२ रन बनाए ।

मराठाका मुख्तर अलीले १ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *