करण र सोमपालले टीटेन लिगमा डेब्यु गरेको दिन

डिसी नेपाल
१५ माघ २०७७ २०:११

काठमाडौं। नेपाली क्रिकेटका लागि बिहीबारको दिन अविस्मरणीय बन्यो। नेपालका दुईजना बलरले फ्रेन्चाइज क्रिकेट खेल्नेक्रममा क्रकेटको सबैभन्दा नविनतम र सबैभन्दा छोटो प्रारुप टीटेन लिगमा डेब्यू गरेका छन्।

सन्दीप लामिछानेपछि विदेशी फ्रेन्चाइज क्रिकेट खेल्ने रेकर्ड फास्ट बलर सोमपाल कामी र ब्याट्सम्यान पारस खड्काको थियो। बिहीबार यो सूचीमा करण केसीको पनि नाम थपिएको छ। सोमपाल र करणको यो डेब्यू टीटेन लिग हो।

संयोग नै मान्नुपर्छ नेपालका खेलाडीले विदेशी फ्रेन्चाइज लिग खेल्दा बलरले नै मौका पाएका छन्। बिहीबार यूएईको अबुधाबीमा शुरु भएको टीटेन लिगमा नेपालका दुईजना फास्टबलर सोमपाल र करणले डेब्यू गरेका छन्।

सोमपालले जारी सिजनको पहिलो खेलमा नर्दन वारियर्सविरुद्ध महरठा अरबियन्सका तर्फबाट डेब्यू गरे। उनले जारी लिगको पहिलो बल पनि गरे। उनलाई महरठा अरबियन्सलेले ओपनर बलरका रुपमा खेलाएको थियो।

पहिलो ओभरको दोस्रो बलमा पहिलो विकेट लिने मौका भए पनि फिल्डरले क्याच छोडेपछि सोमपाल विकेटबिहीन भए। उनले इनिङको पहिलो ओभर बलिंग गर्दै १ छक्कासहित ८ रन दिएका थिए भने इनिङको अन्तिम ओभरमा उनले २० रन दिन पुगे। तर १२८ रनको लक्ष्य पाएको अरेबियन्सले सिजनको पहिलो खेलमा जित हात पारेको छ।

उता करणले पुणे डेभिल्सका लागि डेक्कन ग्लाडियटर्सविरुद्ध खेल्ने मौका पाएका हुन्। करणको यो विदेशी फ्रेन्चाइज लिगमा डेब्यू हो। करणकाे टिमले जित हात पारेकाे छ। नेपालका दुबै खेलाडीले डेब्यू गरेकाे खेलमा जित हात पारेका छन्। तर, दुबै विकेटबिहीन रहे। करणले त एक ओभरमात्र बिलंग गर्ने माैका पाए। उनले पहिलाे एक ओभरमा १७ रन दिएका थिए।

यो पटक करण, सोमपाल, र कुसल मल्ल टीटेन लिगका लागि छनौट भएका छन्। नेपलाी क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का भने यो पटक मेन्टरका रुपमा टिम अबुधाबीसँग आवद्ध छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *