टी–१० लिगमा करण आवद्ध टिम पुणेको विजयी सुरुवात

डिसी नेपाल
१५ माघ २०७७ २२:३७

काठमाडौं । युएईमा जारी आबुधाबी टी–१० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर करण केसी आवद्ध पुणे डेभिल्सले विजयी सुरुवात गरेको छ । बिहिबार भएको खेलमा पुणेले आफ्नो पहिलो खेलमा डेक्कन ग्लाडियटर्सलाई ७ विकेटले हराएको हो ।

डेक्कनले दिएको १ सय ५ रनको लक्ष्य पुणेले ९ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । पुणेको जितमा केन्नर लेविसले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै चाडविक वाल्टनले १८ रन जोड्दा टम काडमोरले १२ रन बनाए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको डेकनले १० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । डेकनको लागि आजम खानले अविजित ३७ रन जोडे । क्यामरोन डेलपोर्टले २५ रन जोड्दा प्रसान्त गुप्ताले १७ रन बनाए । पुणेका नासिर होसेनले ३ तथा मुनिस अन्सारीले २ विकेट लिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *