गर्लफ्रेण्डको जन्मदिन मनाउन रोनाल्डाेले लकडाउन तोडेपछि…
रोम (एजेन्सी)। इटालियन क्लब युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्ने पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले गर्लफ्रेण्डको जन्मदिन मनाउन लकडाउन उल्लंघन गर्दै यात्रा गरेको इटालीको प्रहरीले उनीमाथि अनुसन्धान शुरु गरेको छ।
कोभिड १९ नियन्त्रणका लागि जारी गरिएको मापदण्ड उल्लंघन गरेको उनीमाथि आरोप लागेको बीबीसीले उल्लेख गरेको छ। उनले लकडाउन उल्लंघन गर्दै पीडमन्ट र भेले डीओस्टा क्षेत्रबीचमा यात्रा गरेको समाचारमा जनाइएको छ।
रोनाल्डो आफ्नी प्रेमिका जर्जिना रोड्रिगेजको २७ औं जन्मदिन मनाउन एक माउन्टेन रिसोर्ट पुगेका थिए। जहाँ जोडीले एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेका थिए। तर मिडियामा उनीहरुबारे समाचार आउन थालेपछि अहिले उक्त फूटेज हटाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment