करण आवद्ध टिम पुणे पराजित

डिसी नेपाल
१६ माघ २०७७ १९:५२

काठमाडौं । युएईमा जारी आबुधाबी टी–१० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर करण केसी आवद्ध पुणे डेभिल्सले पराजित भएको छ । शुक्रबार भएको खेलमा पुणे कलन्दरसँग ९ विकेटले पराजित भएको हो ।

पुणेले दिएको १०९ रनको लक्ष्य कलन्दर्सले १७ बल बाँकी छँदै मात्र १ विकेट गुमाएर पुरा ग¥यो । कलन्दर्सको जितमा टम ब्यान्टनले सर्वाधिक ४५ रन बनाए । उनले १८ बलमा ४ छक्का र ४ चौका प्रहार गरे । यस्तै शोहेल अख्तरले ३३ तथा सार्जिल खानले २८ रन बनाए । पुणेका म्युनिस अन्सारीले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुणेले १० ओभरमा २ विकेट गुमाएर १०७ रन बनाएको थियो । त्यसका लागि टम क्याठमोरले ५४ रन तथा डार्विस रसुलीले ३९ रन बनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *