कतारसँगको टी२० का लागि क्यानले बन्द प्रशिक्षणमा बोलायो १८ खेलाडी, सिनियर खेलाडीलाई विश्राम
काठमाडौं । कतारसँगको टी२० का लागि नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणमा १८ खेलाडीलाई बोलाएको छ । क्यानले शुक्रबार १८ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । प्रशिक्षण शनिबार देखि हुनेछ ।
युवा अलराउन्डर विवेक यादवलाई पहिलो पटक प्रारम्भिक टिममा परेका छन् । टोलीमा नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर र वसन्त रेग्मी लगायतका खेलाडी भने छैनन् । बलिङ अलराउन्डर कृष्ण कार्की लामो समयपछि सिनियर टोलीमा फर्किएका छन् ।
यस्तै टोलीमा आक्रामक ब्याट्सम्यान सौरभ खनाल, आशिफ शेख, साहब आलमले पूनरागमन गरेका छन् । नेपालले कतारसँग तीन खेलको टी२० सिरिज खेल्नेछ । सिरिज फेब्रअरी ९ देखि १२ सम्म हुनेछ ।
यस्तो छ टोली
विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, बिबेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र साहब आलम ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment