दिल्लीले ५ ओभरमै हरायो सोमपाल आवद्ध मराठालाई

डिसी नेपाल
१६ माघ २०७७ २१:४१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी आवद्ध मराठा अरेबियन्स आबुधाबी टी१० लिगमा पराजित भएको छ । शुक्रबार भएको खेलमा मराठा दिल्ली बुल्ससँग ९ विकेटले पराजित भएको हो ।

मराठाले दिएको ८८ रनको लक्ष्य बुल्सले ५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । बुल्सको जितमा इभिन लेविसले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रबि वोपाराले अविजित २८ रन जोडे । मराठाका यामिनले १ विकेट लिए । लगातार दोस्रो खेल खेलेका सोमपालले १ ओभर बलिङ गर्दै १७ रन खर्चिए ।

यस अघि पहिले ब्याटिङ गरेको मराठाले १० ओभरमा ४ विकेट गुमाएर ८७ रन बनाएको थियो । उसका कप्तान मोसाडेक होसेनले सर्वाधिक ३५ रन जोडे । जाभेद अमादीले २४ रन बनाए ।

मराठाको यो पहिलो हार हो । पहिलो खेलमा मराठाले नर्थन वारिवर्सलाई हराएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *