गजल : सर्वस्व सुम्पिएर गै

डिसी नेपाल
१७ माघ २०७७ ७:४२

सर्वस्व सुम्पिएर गै मेरी, हैन भनेर किन पिर गरौँ
जो मेरी भएर पनि मेरी, भैन भनेर किन पिर गरौँ।।

लगाउनु थियो मै दिन्थे, अर्का कै लाएर गै सिन्दुर पोते
म तेस दिनदेखि उसले सम्झिदैन भनेर किन पिर गरौँ ।।

अरे तिमीसँग खुट्टा त छ, खुट्टा नहुने मान्छे सोच्दो हो
म खुट्टामा लगाउने चप्पल छैन भनेर किन पिर गरौँ ।।

हो आज पनि सम्झिन्छु, सायद कहिले बिर्सने छैन
मुटुमा बस्या थी मनबाट, गैन भनेर किन पिर गरौँ ।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *