नेकपाका दुवै अध्यक्ष फेरि बोलाइए

डिसी नेपाल
१७ माघ २०७७ ८:५२
456
Shares

काठमाडाैं। निर्वाचन आयोगले निर्वाचन तयारी र दल दर्ताबारे छलफल गर्न नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समूहलाई पुनः बोलाउने भएको छ। निर्वाचन तयारीका विषयमा छलफल गर्न शुक्रबार बोलाइएको बैठकमा थप समय माग गरी दाहाल–नेपाल समूह अनुपस्थित भएपछि आयोगले नेकपाका दुवै अध्यक्ष समूहलाई पुनः बोलाउने भएको छ।

निर्वाचन आयोगले गत साता मात्रै विवाद सुरु हुनुअघि साबिककै नेकपाको व्यवस्थालाई मान्यता दिँदै कानुनी रूपमा नेकपा एक भएको निष्कर्ष निकालेको थियो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने सूचना प्रकाशन गर्न र आयोगको तयारीका सम्बन्धमा छलफल गर्न नेकपाका दुवै अध्यक्ष ओली र दाहाल समूबाट पाँचपाँचजनालाई बोलाइए पनि दाहाल समूह थप समय माग्दै अनुपस्थित भएपछि ओली पक्षका नेताहरूसँग निर्वाचन तयारीबारे अनौपचारिक छलफल भएको बताए। नागिरक दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *