गर्लफ्रेण्डसँग घुम्न गएका रोनाल्डो समस्यामा पर्न सक्ने

डिसी नेपाल
१७ माघ २०७७ १०:४९

काठमाडौं। युभेन्टसका पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो समस्यामा पर्न सक्छन् । उनीमाथि कोरोना नियम उल्लंघनको आरोप लागेको छ । २ दिनको आरामको समयमा उनी पहाडमा विदा मनाउन गएका थिए । अहिले यस विषयमा जाँच भइरहेको छ । रोनाल्डो आफ्नी पार्टनर जर्जिना रोड्रिग्ससँग मंगलबार र बुधबार उत्तर पश्चिमी इटलीको डि ओस्टा क्षेत्रमा गएका थिए ।

रोनाल्डोको एउटा भिडियो पनि सामाजिक संजालमा पोस्ट गरिएको थियो जुन पछि हटाइयो । रोनाल्डो एरिया पिडमोन्टमा बस्छन् । अहिलेको नियमअनुसार उनी आफ्नो घरबाट अर्को क्षेत्रमा जान पाउँदैन । उनी आपतकालीन अवस्थामा मात्र यात्रा गर्न पाउँछन् । यसका अलावा उनी दुई क्षेत्रको यात्रा गर्न पाउँदैनन् । रिपोर्टका अनुसार पुलिसले यो मामिलामा जाँच गरिरहेको छ । आरोप प्रमाणित भए रोनाल्डो विरुद्ध कारवाही गर्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *