पीएम कप फाइनलः हरिको अर्धसतकमा एपीएफलाई २१२ रन को लक्ष्य

डिसी नेपाल
१७ माघ २०७७ १३:०२

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेटको फाइनलमा आर्मीले एपीएफलाई २१२ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान किर्तिपुर जारी खेलमा आर्मीले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २११ रन बनायो । आर्मीका लागि हरि चौहानले अर्धसतकीय पारी खेले । उनले ५८ रन बनाए । सुरुवातमै विकेट गुमाएको आर्मीका लागि उनले सम्हालिएर ब्याटिङ गरेका थिए । यस्तै राजेश पुलामीले २८ तथा रोहित पौडेलले १३ रन बनाए । शाहब आलमले २५ रन बनाउँदै नट आउट रहे ।

एपीएफका अभिनास बोहराले ४ विकेट लिए । यस्तै किशोर महतोले २ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *