अशोकनाथ प्याकुरेल एसीसीको डेभलब्मेन्ट कमिटीको सदस्यमा चयन

डिसी नेपाल
१७ माघ २०७७ २०:३९
104
Shares

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)का सचिब अशोकनाथ प्याकुरेल एसियाली क्रिकेट काउन्सिल (एसीसी)को डेभलब्मेन्ट कमिटीको सदस्यमा चयन भएका छन्। शनिबार भएको एसीसीको साधारण सभाबाट प्याकुरेल क्यानको प्रतिनिधित्व गर्दै सदस्यमा निर्वाचित भएको क्यानले जनाएको छ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले प्याकुरेल सदस्यमा चयनकोमा उनलाई बधाईसमेत दिएका छन्।

यस्तै एसीसीको अध्यक्षमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का सचिब जय शाह अध्यक्षमा चयन भएका छन्। शाह भारतीय गृहमन्त्री अमित शाहका छोरा हुन्। क्यान अध्यक्ष चन्दले शाह अध्यक्षमा चयन भएकोमा उनलाई पनि बधाई दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *