प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगितामा नेपालकी सुस्मिताकाे ६ सय १९ अंक
काठमाडाैं । प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको महिला १० मिटर एयर राइफलमा नेपालकी सुस्मिता नेपालले ६ सय १९ अंक जोडेकी छन्। तीन महिला खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा नेपालले उक्त अंक जोडेकी हुन।
प्रतियोगिता एसियाली सुटिङ महासंघको कुवेत सुटिङ संघले आयोजना गरेको हो। प्रतिस्पर्धामा कल्पना परियारले ६ सय १७ तथा मिरा बञ्जाराले ५९१.३ अंक जोडेकी छन्।
महिलातर्फको खेलमा इरानकी हनीयह रोस्तामीयान र गोल्नेस सेवातेल्लाही क्रमश पहिलो र दोश्रो तथा भारतकी भकर मानुले तेस्रो थान हासिल गरेकी छन्। जम्मा ४५ जनाले भाग लिएका थिए।
६५४ पूर्णङ्क राखिएको खेलको पुरुषतर्फ हरिबहादुर थापाले ५९०.८, अर्बन घिमिरेले ५६८.९ र कुमार कार्कीले ५६४.३ अंक जोडन सफल भएका छन्। आयोजकका अनुसार विपेश खड्का ३८औं, बद्रुउद्दिन अन्सारी ४३ औं र सुखदेव थारु ४४ औं स्थानमा रहेका छन्।
खेलमा भारतका सौरभ चौधरी पहिलो र इरानका फोरुघी जावेद दोस्रो तथा भरतकै सर्बोजित सिंहले तेस्रो स्थान हासिल गरेका छन। पुरुष तर्फ जम्मा ४७ जनाले भाग लिएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment