राष्ट्रिय योजना आयोगले अघि सार्याे दीर्घकालीन सोच

डिसी नेपाल
२० माघ २०७७ ११:२४

काठमाडौं। राष्ट्रिय योजना आयोगले आउँदो दुई वर्षभित्र विकासोन्मुख र आगामी २३ वर्षमा उच्चआय भएको मुलुक बन्ने लक्ष्यसहितको अवधारणा पारित गरेको छ। प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बालुवाटारमा बसेको बैठकले २०७९ मा अतिकम विकसित राष्ट्र (एसडीसी) बाट विकासोन्मुख राष्ट्र (डीसी) मा स्तरोन्नति हुने लक्ष्य रोखेको छ। सरकारले आर्थिक वर्ष २०७९ भित्र प्रतिव्यक्ति आय १ हजार ४ सय अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको छ। हाल नेपालीको प्रतिव्यक्ति आय १ हजार ६७ अमेरिकी डलरमात्र छ।

एसडीसीबाट डीसीमा स्तरोन्नति हुनका लागि तीन सूचकांकमध्ये नेपाल दुई सूचकांकमा योग्य भइसकेको छ। स्तरोन्नतिका लागि मानव सम्पत्ति ६६ अंक भए पुग्नेमा हाल ७२ पुगेको छ, भने आर्थिक जोखिम सूचकांक ३२ भन्दा कम हुनुपर्नेमा अहिले २४ छ। यसरी प्राविधिकरूपमा नेपाल स्तरोन्नतिका लागी योग्य भइसके पनि प्रतिव्यक्ति आयमा भने पछाडि छ।

पहिलो पन्ध्रौं योजनाको अवधिमा समृद्धि र सुखको आधार निर्माण, दोस्रो सोह्रौं र सत्रौं योजना अवधिमा समृद्धि र सुखको तीव्रता र यही अवधिमा दीगो विकास लक्ष्यको प्राप्ति तथा तेस्रो अठारौं र उन्नाइसौं योजना अवधिमा समृद्धि र सुखको दिगोपना हासिल गर्ने अवधारणापत्रमा उल्लेख छ।
आयोगले आठवटा दीर्घकालीन राष्ट्रिय रणनीति, नौवटा रूपान्तरणका संवाहक र आठवटा सहयोगी क्षेत्रको पहिचान गरेको हो। राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचकहरूलाई दीर्घकालीन सोचले खण्डीकृत रूपमा उल्लेख गरेको छ। आयोगले सो अवधिमा आर्थिक वृद्धि दर १०.५ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ।

आयोगले दीर्घकालीन सोचमा गरिबीको रेखामुनि रहेको जनसंख्या (निरपेक्ष) शून्य र बहुआयामिक गरिबीका रेखामुनि रहेको जनसंख्या तीन प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। सम्पतिमा आधारित गिनी गुणक ०.२५ प्रतिशत श्रम सहभागितामा दर (१५ वर्ष माथि) ७२ प्रतिशत, रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा ७० प्रतिशत पु¥याउने महत्वाकांक्षी योजना समावेश गरेको छ। आयोगले जलविद्युत् तथा नवीकरणीय ऊर्जा उत्पादन (जडित क्षमता) ४० हजार मेगावाट, विद्युत्मा पहुँच परिवार शतप्रतिशत, ३० मिनेटको दुरीमा यातायात पहुँच भएको परिवार ९९ प्रतिशत, राष्ट्रिय र प्रादेशिक लोकमार्ग ३६ हजार किलोमिटर, इन्टरनेट प्रयोगकर्ता जनसंख्यामा शतप्रतिशत पु¥याउने लक्ष्य राखेको छ।

नेपाली जनताको अपेक्षित आयु ८० वर्ष, मातृ मृत्युदर (प्रतिलाख जीवित जन्ममा) २० जना, पाँच वर्षमुनिको बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा) आठजना, साक्षरता दर (१५ वर्षमाथि) ९९ प्रतिशत, उच्चमध्यम स्तरको खानेपानी सुविधा पुगेको जनसंख्या ९५ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ।

त्यसैगरी, आयोगले आधारभूत सामाजिक सुरक्षामा आवद्ध जनसंख्या शतप्रतिशत, लैंगिक विकास सूचकांक १ मा पु¥याउने, मानव विकास सूचकांक ०.७६० पु¥याउने प्रमुख लक्ष्य दीर्घकालीन सोचको अवधारणाले समेटेको आयोगका उपाध्यक्ष कँडेलले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक न्यायसहितको समृद्ध नेपाल र सुखी नेपालीको यात्राले गति प्रारम्भ गरिसकेको भन्दै दीर्घकालीन सोचले निर्धारण गरेका राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचकहरू हासिल गर्न सबै पक्षले इमानका साथ काम गर्नुपर्ने बताए। प्रधानमन्त्री ओलीले नेपाली जनताको समृद्धि र सुखको आकांक्षालाई सम्बोधन गर्ने गरी योजना तर्जुमा गर्न निर्देशन दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *