अत्याधिक चुरोट पिउने व्यक्तिको पूरै शरीर पहेंलो

डिसी नेपाल
२० माघ २०७७ १३:०१

काठमाडौं। लगातार चुरोट पिइरहने एक व्यक्तिको पूरै शरीर पहेंलो भएको छ । यी व्यक्ति विगत ३० वर्षदेखि चेन स्मोकर थिए । चीनका यी व्यक्तिको शरीरको रंग यति गाढा थियो कि उनको शरीर हेर्दा उनले शरीरमा पहेंलो पेन्ट गराएको जस्तो देखिन्थ्यो । चीनको जियांग्सु प्रान्तका ६० वर्षका यी व्यक्तिलाई अस्पताल लगेपछि डाक्टरहरुले उनलाई जन्डिस भएको बताएका थिए ।

एनएचएसको वेबसाइटलाई उद्धृत गर्दै द सनले जनाएअनुसार जण्डिसका कारण कुनै व्यक्तिको शरीर पहेंलो हुन सक्छ । यसका अलावा आँखाको सेतो भाग पनि पहेंलो हुन सक्छ । खासमा शरीरमा ब्लुरुबिन नामको पहेंलो पदार्थ जम्मा भएपछि यस्तो हुन्छ । यो कलेजोसँग सम्बन्धित कुनै रोग पनि हुन सक्छ र यस्तो स्थितिमा तत्काल मेडिकल सहयोग लिनुपर्छ । यद्यपि यी बिरामीको शरीर सामान्य पहेंलो नभइ निकै गाढा पहेंलो भइसकेको थियो ।

डाक्टरहरुका अनुसार यी बिरामीको अग्न्याशयमा ट्युमर थियो र यो ट्युमर यति ठूलो थियो कि त्यसका कारण यी बिरामीका पित्त नलीहरु अवरुद्ध भएका थिए र उनलाई जण्डिस भएको थियो । डाक्टरहरुका अनुसार अत्याधिक चुरोट पिएका कारण यी व्यक्तिका कोशिकाहरुको आकार सामान्यभन्दा धेरै बढेको थियो जसका कारण उनको यस्तो स्थिति भएको थियो । डाक्टरका अनुसार बिरामीको शरीरमा यो टयुमरका अलावा अर्को ट्युमर पनि सुरु हुँदै थियो र अब जीवित रहनको लागि उनले आफ्नो जीवनशैलीमा परिवर्तन गर्नु जरुरी छ ।

डाक्टरका अनुसार यी व्यक्तिको जीवनशैली निकै खराब थियो र उनले विगत ३० वर्षदेखि लगातार मदिरा र धुम्रपान गरिरहेका थिए । यी व्यक्तिको ट्युमर निकालिसकिएको छ र उपचारपछि उनको शरीरको रंग पनि सामान्य भइसकेको छ । यद्यपि डाक्टरहरुले उनले जीवनशैलीमा सुधार नगरे आउँदा दिनहरु निकै चुनौतीपूर्ण हुने चेतावनी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *