बिहीबारदेखि शनिबारसम्म वर्षा र हिमपातको सम्भावना

डिसी नेपाल
२० माघ २०७७ १४:२२
376
Shares

काठमाडाैं। आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्।

मौसमविद्का अनुसार यो प्रणाली बाहिरिएपछि तापक्रम वृद्धि भई गर्मी शुरु हुनेछ। हाल देशका पहाडी भूभागमा आशिंक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव सात डिग्री र अधिकतम तापक्रम १८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा धेरै वीरेन्द्रनगरको न्यूनतम तापक्रम आठ दशमलव दुई डिग्री सेल्सियस रहेको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *