टी–१० लिगः मराठा पराजित, सोमपालले लिए एक विकेट

डिसी नेपाल
२० माघ २०७७ २०:४४

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी आवद्ध मराठा अरेबियन्सले आबुधाबी टी–१० लिगमा तेस्रो हार व्यहोरेको छ । मंगलबार भएको खेलमा मराठा कलन्दर्ससँग ४ विकेटले पराजित भएको हो ।

मराठाले दिएको १ सय २ रनको लक्ष्य कलन्दर्सले ८ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो। कलन्दर्सको जितमा शर्जिल खानले २८ रन जोडे । यस्तै बेन डन्कले २६ रन जोड्दा कप्तान सोहिल अख्तरले २० रन बनाए ।

मराठाका यामिन अहमदजाईले २ विकेट लिए । सोमपाल, शोयब मलिक र इशान मलहोत्राले समान १/१ विकेट लिए। सोमपालको यो टी१० मा पहिलो विकेट हो । उनले कलन्दर्सका कप्तान अख्तरलाई एलबिडब्लु आउट गरे । सोमपालले १ ओभरमा १९ रन खर्चिएर एक विकेट लिएका हुन् ।

यस अघि पहिले ब्याटिङ गरेको मराठाले १० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनाएको थियो । मराठाका लागि मोहमद हाफिजले ४४ रन जोड्दा शोयब मलिकले २३ रन बनाए । कलन्दर्सका सोहिल तान्भिरले ३ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *