संवैधानिक परिषदको सिफारिस फिर्ताको भित्री कथाः यसरी सभामुखले झुक्याएका थिए

डिसी नेपाल
२१ माघ २०७७ ११:४३

काठमाडौं। सभामुख अग्नि सापकोटाले गत आइतबार संवैधानिक परिषदले पदाधिकारी नियुक्तिका लागि गरेको सिफारिस फिर्ता गरे। यद्यपी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिस अनुसार विभिन्न आयोगमा ३८ जना पदाधिकारीलाई नियुक्त गर्दै शपथ ग्रहण गराइसकेकी छन्।

तर, सभामुख सापकोटाले सिफारिस फिर्ता पठाउने गरेको चलाखी निकै रोचक छ। स्पष्ट छ, सभामुख सापकोटा नेकपाको प्रचण्ड–माधव समूह निकट छन्। र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना ओली समूह निकट।

संवैधानिक परिषद्ले पदाधिकारी नियुक्तका लागि गरेको सिफारिसमाथिको सुनुवाईका लागि संसदमा पठाइएको पत्र अन्तिम समयसम्म सभामुख सापकोटाकोमा पुगेन। महासचिव भरतराज गाैतमले नै सो पत्र राखेका थिए।

संसदले सो सिफारिसबारे कुनै निर्णय गर्न नसके सिफारिस व्यक्तिहरु राष्ट्रपतिबाट नियुक्त हुने चाल पाएपछि सभामुख सापकोटाले महासचिव पौडेललाई ‘भुक्याएर’ परिषद्को फाइल मागे। उनले ‘के के रैछ ? हेर्छु’ भने महासचिवसँग फाइल मागेर लगेका थिए।

संसदले सो सिफारिसबारे कुनै निर्णय गर्न नसके सिफारिस व्यक्तिहरु राष्ट्रपतिबाट नियुक्त हुने चाल पाएपछि सभामुख सापकोटाले महासचिव गाैतमलाई ‘भुक्याएर’ परिषद्को फाइल मागे। उनले ‘के के रैछ ? हेर्छु’ भने महासचिवसँग फाइल मागेको स्रोतले बतायो।

सभामुख सापकोटाले सक्कल फाइल मागेपछि महासचिवले सो फाइल दिए। सक्कल फाइल हात परेपछि सभामुख सापकोटाले संसद सचिवालयका आफू निकटका कर्मचारीहरुसँग परामर्श गरेर सो फाइल फिर्ता पठाउने निर्णय गरे। र फाइल आइतबार फिर्ता पठाइदिए।

सभामुखले फाइल फिर्ता गर्दाए राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग कुनै परामर्श नगरेको स्वयम तिमिल्सिनाले सोमबार पत्रकार सम्मेलन नै गरेर जानकारी दिइसकेका छन्।

संसद सचिवालयका कानून महाशाखाका प्रमुख अर्जुन खड्काले फाइल फिर्ता सम्बन्धी निर्णयको ड्राफ्ट तयार पारेका हुन्। अध्यक्ष तिमिल्सिनाले फाइल फिर्ता पठाउन सहमति नदिने देखिएपछि सभामुख सापकोटाले अध्यक्षलाई जानकारी नै नदिएर फाइल फिर्ताको निर्णय लिएको स्रोत बताउँछ।

अध्यक्ष निकट स्रोतले भन्यो, ‘फाइल फिर्ताबारे जानकारी सञ्चार माध्यमबाट भयो।’ सभामुख सापकोटा र अध्यक्ष तिमिल्सिनाबीच शुरुदेखि नै द्वन्द्व छ। र नेकपामा आएको विभाजनसँगै यो द्वन्द्व झन बढेर गएको छ। सभामुख सापकोटाले संसद सचिवालयको महासचिव मनोहरप्रसाद भट्टराईले कार्यकाल पूरा गरेर विदा लिएपछि सचिव गोपालनाथ योगीलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएका थिए।

जसमा अध्यक्ष तिमिल्सिनाले असहमति जनाएका थिए। सापकोटा केही समय कुरेर भए पनि योगीलाई नै महासचिव बनाउन चाहन्थे। तर, तिमिल्सिना त्यसमा बाधक बने। योगीको उमेर नपुगेकाले सापकोटाले उनलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएका थिए।

उनको उमेर कुरेर उनलाई नै महासचिव बनाउने तयारी सापकोटाको थियो। तर, तिमिल्सिनाले विरोध जनाएपछि भरतराज गाैतम महासचिव बने।
उता निजी निवासको विषयलाई लिएर पनि सापकोटा र तिमिल्सिनाबीच द्वन्द्व छ। पहिलादेखि सभामुखको निजी निवास रहेको बालुवाटारमा अहिले अध्यक्ष तिमिल्सिना बस्छन् भने सभामुख सापकोटा लैनचौरस्थित निवासमा बस्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *